१३ बैशाख २०८१, बिहिबार

अन्तत: राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त


राजेन्द्र पाण्डे फाइल फोटो

काठमाडौँ । लामो रस्साकस्सीपछि अन्तत: नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहीबार अपरान्ह ३ बजेभित्र प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको लागि दाबी पेश गर्न आज आह्वान गरेसँगै बुधबार नै पाण्डेले दावी पेश गरेका हुन् । मुख्यमन्त्रीको लागि पाण्डेबाहेक अरु कसैको दाबी परेन ।

पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) सहितका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । पाण्डेको शपथ आजै दिउँसो ३ः३० बजे हुँदैछ । त्यस्तै पाण्डेले आज नै ४ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गर्ने बताइएको छ ।

बाग्मतकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुख शर्मा समक्ष लिखित राजीनामा बुझाएकी थिइन् । पाण्डेले हिजो बुधबार नै संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका हुन् भने आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् ।

यो पनि पढ्नुहोस्

यी हुन् बाग्मती प्रदेशमा बन्न लागेका नयाँ मन्त्रीहरु

बाग्मती प्रदेशमा राजेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त हुँदै

बाग्मतीमा ५९ सांसदसहित राजेन्द्र पाण्डेले गरे मुख्यमन्त्रीमा दावी पेश

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !