१३ बैशाख २०८१, बिहिबार

रामचन्द्रको दावी : हाम्रो टीमको साझा सभापति उम्मेदवार मै हुँ


रामचन्द्र पौडेल

नेपालगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो टीमबाट काँग्रेसको साझा सभापति उम्मेदवार आफू नै भएको स्पष्ट पारेका छन् ।

नेपाल प्रेस युनियन बाँकेले आज सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले यसअघि पनि सभापति उम्मेदवार रहिसकेकाले आफू स्वाभाविक साझा उम्मेदवार रहेको दावी गरेका हुन् ।

पौडेलले भने, ‘हाम्रो टीमबाट एकजना सभापतिको उम्मेदवार हुन्छ । यसअघि पनि म उम्मेदवार रहिसकेकाले म स्वभाविक उम्मेदवार हुँ । अरु साथीहरुले पनि इच्छा देखाउनुभएको छ। अन्तिममा एकजना उम्मेदवार बनाएर अघि बढ्छौं।’

उनले सम्पूर्ण कार्यकर्ताको साझा तथा एउटै सभापतिको उम्मेदवार बनाउने पक्षमा आफू रहेको जानकारी दिए । उनले नेपालगञ्जबाट काठमाडौँ फर्किएलगत्तै सभापति शेरबहादुर देउवालाई मंसिरभित्रै महाधिवेशन गर्न सुझाव दिने समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !