७ बैशाख २०८१, शुक्रबार

चोलेन्द्रलाई अर्को धक्का : फुलकोर्ट बहिस्कार गर्ने सर्वोच्चका न्यायाधीशको निर्णय


चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले पूर्ण बैठक (फुलकोर्ट) बैठक बहिस्कार गर्ने निर्णय गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलि सोमबार अपरान्ह १ः३० बजेका लागि बोलाएको ​सर्वोच्च अदालतको फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने भएपछि प्रधानन्यायाधीश जबरालाई अर्को धक्का लाग्नुको साथै उनको बहिर्गमन बाटो बन्दै गएको विश्लेषण गर्न सकिन्छ ।

प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा भोलि बोलाएको फूलकोर्टमा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् । आइतबारमात्रै बारका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश जबरासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए ।

बारले प्रधानन्यायाधीश राणाकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा आँच आएको कारण न्यायालय सुधारको काम तत्कालै शुरु गर्न माग गरेपछि उनले फुलकोर्ट बोलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !