१४ बैशाख २०८१, शुक्रबार

नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा हुने

प्रचण्डको गृहजिल्लामा एमालेको दशौं महाधिवेशन


Nekapa Emale Bidhan Mahadiweshan फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा हुने भएको छ । आज बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले दशौं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरिएको हो । यस्तै महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा तामझामका साथ एमालेले दशौं महाधिवेशन गरेर शक्ति प्रदर्शन गर्न लागेको सहजै अनुमान गर्न सकिन्छ । बादलको गृहजिल्ला पनि चितवन नै भएकोले महाधिवेशन चितवनमै गर्न लाग्नुलाई विशेष चासोका साथ हेर्न थलिएको छ । आगामी निर्वाचनमा बादलले प्रचण्डसँग लड्ने घोषणा गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !