बाढी, पहिरोमा मृत्यु भएका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार दिने Nepalpatra बाढी, पहिरोमा मृत्यु भएका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार दिने
१४ मंसिर २०७८, मंगलबार

बाढी, पहिरोमा मृत्यु भएका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार दिने


मन्त्रिपरिषद बैठक फाइल फोटो

काठमाडौं । सरकारले अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विपत‍्मा परेका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

परिवारको एकजना मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एक भन्दा धेरैको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने बैठकले निर्णय गरेको छ । यस्तै सरकारले बाढीपहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ ।

बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए । अवरुद्ध सडक, विद्युत् र सञ्चारलाई पुन: सञ्चालनमा ल्याउने निर्णय गरेको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए ।

गृहमन्त्री खाँणले बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने जानकारी दिए । घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !