१४ बैशाख २०८१, शुक्रबार

बाढी, पहिरोमा मृत्यु भएका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार दिने


मन्त्रिपरिषद बैठक फाइल फोटो

काठमाडौं । सरकारले अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विपत‍्मा परेका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

परिवारको एकजना मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एक भन्दा धेरैको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने बैठकले निर्णय गरेको छ । यस्तै सरकारले बाढीपहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ ।

बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए । अवरुद्ध सडक, विद्युत् र सञ्चारलाई पुन: सञ्चालनमा ल्याउने निर्णय गरेको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए ।

गृहमन्त्री खाँणले बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने जानकारी दिए । घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !