१४ बैशाख २०८१, शुक्रबार

रामकुमारी झाँक्रीलाई स्वास्थ्यमन्त्री बनाउने नेकपा (एस) मा प्रस्ताव


रामकुमारी झाक्री File Photo

काठमाडौं । माधवकुमार नेतृत्वको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) मा पार्टी सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने प्रस्ताव गरिएको छ ।

हिजो बिहीबार बसेको स्थायी कमिटी बैठकमा झाँक्रीसँगै विरोध खतिवडा, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउने प्रस्ताव पेश भएको हो । उक्त पार्टीका एक स्थायी कमिटी सदस्यका अनुसार खतिवडालाई शहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने प्रस्ताव गरिएको छ ।

भवानी खापुङलाई भने राज्यमन्त्री बनाउने प्रारम्भिक छलफलमा प्रस्ताव गरिएकोले आज मन्त्रीका आकांक्षीहरुसँग बसेर नेकपा (एस) ले निणर्य गर्ने बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छन् ।

महासचिव बेदुराम भुसालको संयोजकत्वमा हिजो गठित ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । उनका अनुसार पार्टीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय पाउने भएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !