२२ बैशाख २०८१, शनिबार

एमालेले माओवादीका युवालाई भौतिक आक्रमणको योजना बनाएको प्रचण्डको खुलासा


प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले आफ्नो पार्टीका युवाहरुलाई आक्रमण गर्ने योजना बनाएको बताएका छन् ।

प्रचण्डले सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा आज शनिबार सम्बोधन गर्दै सतर्क रहन समेत सुझाव दिएका छन् । उनले लडाकू खालका युवा, अलिकति एक्सरसाइज गर्ने, हिजो सेनामा भएकाहरु बढी सतर्क हुनुपर्ने बताए ।

उनले केही समय टिमसहित हिँड्नलाई सुझाव दिएका छन् । उनले एमाले १० टुक्रा हुन खोजिरहेकाले माओवादीलाई आक्रमण गरेर आफूभित्रको एकता कायम राख्ने रणनीति अनुरुप आफ्ना युवाहरुलाई आक्रमण गर्न खोजिएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !