१४ बैशाख २०८१, शुक्रबार

खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो : डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई र केपी ओली

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको कुम्भमेला निभ्ने बेलाको बत्ती भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै भट्टराईले लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

उनले नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्ति पूजाको ककटेलले अन्त: स्टालिन, हिटलर र फासीवाद जन्माउने भएकोले सवैलाई चेतना भया भनेर लेखेका छन् ।

उनले लेखेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्ति पूजाको ककटेलले अन्त: स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’

डा. बाबुराम भट्टराई ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !