१८ बैशाख २०८१, मंगलबार

आखिर के भयो ओलीलाई, किन सकेनन् सम्बोधन भाषण टुंग्याउन ?


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन भाषण टुंग्याउन सकेनन् ।

उनले आफ्नो सम्बोधन भाषण टुंग्याउन नसकेपछि उनको लिखित भाषण शंकर पोखरेलले पढिरहेका छन् । आखिर के भयो अध्यक्ष ओलीलाई भन्ने जिज्ञाषा बढ्नु स्वाभाविक हो ।

आफ्नो सम्बोधन भाषणको क्रममा अचानक स्वास्थ्य समस्याका देखिएकोले ओलीले आफ्नो सम्बोधन भाषण टुंग्याउन नसकेका हुन् । सम्बोधन भाषणकै क्रममा असहज महसुस भएपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै पोखरेललाई आफ्नो लिखित भाषण पुरा गर्ने जिम्मा दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !