१२ असार २०८१, बुधबार

यी हुन् माओवादी केन्द्रवाट मन्त्री बन्न लागेका सांसदहरु


देवेन्द्र पौडेल, हरिबोल गजुरेलले र देव गुरुङ

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीवाट देउवा सरकारमा सहभागी हुने थप मन्त्रीहरुको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ ।

माओवादी केन्द्रको आज मंगलबार बस्ने गरी तय गरिएको स्थायी कमिटी बैठक एकाएक स्थगित भएको छ । आज बस्ने भनिएको बैठकमा यसअघि पेश गरिएका ३ वटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।

माओवादी केन्द्रको आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण भोलि बुधबार ११ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

अव बन्न लागेका थप नयाँ मन्त्रीहरुमा माओवादी केन्द्रले अझसम्म मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राखेको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रले ५ मन्त्री र १ राज्य मन्त्री पाउँनेछ ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री भइसकेका छन् भने बाँकी ३ जना मन्त्री र १ जना राज्य मन्त्रीको नामावली टुंगो लगाउँने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

प्रचण्डनिकट स्रोतका अनुसार देवेन्द्र पौडेल, हरिबोल गजुरेलले मन्त्री बन्ने निश्चित भएको छ । देव गुरुङ, अमनलाल मोदी र सन्तकुमार चौधरीमध्ये १ जनालाई मन्त्री बनाउँन अध्यक्ष प्रचण्डलाई दवाव रहेको छ ।

यसैगरी महेश्वर गहतराज, सुदन किरातीमध्ये एक जना मन्त्री हुनसक्ने बताइएको छ । यसैगरी महिलाबाट अञ्जना विशंखे र शशी श्रेष्ठमध्ये १ जना राज्य मन्त्री हुने सम्भावना रहेको बताइएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । अध्यादेशको विषयमा जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच किचलो हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसंगै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाले तयारी गरेका छन् । मन्त्रालयमा सत्ता गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।

सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबण्डाबारे सहमति भएको हो ।

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धन बैठक अनिश्चित भएसँगै मन्त्रिपरिषद् विस्तारमा विलम्व

आज मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून, दलहरुले बुझाएनन् मन्त्रीकाे नाम

देउवा सरकारमा नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बन्ने

यी हुन् नेकपा (एस) वाट मन्त्री बन्न लागेका सांसदहरु

अन्तत: अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा सहमति

नेपालले बुझाए प्रधानमन्त्री देउवालाई नेकपा (एस) वाट मन्त्री बन्नेहरुको नाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !