२४ बैशाख २०८१, सोमबार

अमेरिकी राष्ट्रपतिलाई देउवाको बचन: २०२२ सम्म ८० प्रतिशतलाई कोभिड खोप


प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपतिले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताएका छन् । उनले कोभिड १९ महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !