१९ बैशाख २०८१, बुधबार

सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने अध्यक्ष नेपालको दावी


माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने बताएका छन् ।

एक भर्चुअल कार्यक्रम बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आगामी चुनावपछि पनि वाम-लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउने बताएका हुन् ।

पाँच दल मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनाएको यो सरकार आगामी चुनावसम्म सहकार्यका साथ अगाडि बढ्ने उनले दावी गरे । उनले वर्तमान सरकारमा छिट्टै सहभागी हुने र प्रदेश एक र बागमती प्रदेशमा सरकार बनाउने पनि उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !