१४ बैशाख २०८१, शुक्रबार

मदन भण्डारी र आश्रितको हत्या गरिएको थियो : रामबहादुर थापा


राम बहादुर थापा फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले मदन भण्डारी र जीवराज आश्रितको ह’त्या भएको बताएका छन् । बिहीबार नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता बादलले मदन-आश्रितको हत्यामा नियोजित उद्देश्य समेत रहेको बताए ।

उनले भने, “मदन–आश्रितको हत्या ५० सालमा किन भयो ? त्यसको पछाडि राजनीतिक कारण छ। मदनले जुन विचार अघि सार्नुभयो त्यो विचार गणतन्त्र र राष्ट्रवादको पक्षमा थियो ।’

उनले मदनको चर्चित भाषण राजालाई श्रीपेच खोलेर आउन दिएको चेतावनीलाई समेत स्मरण गरे । “मदन भण्डारी राजतन्त्रको विरुद्ध गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो । साम्राज्यवाद र विस्तारवादको विरुद्ध हुनुन्थ्यो”, उनले भने।

बादलले जनताको बहुदलीय जनवादको समेत व्याख्या गर्दै भण्डारीको विचारले कम्युनिस्ट आन्दोलनमा नयाँ जग बसालेको बताए ।

बादलले नेकपा एमालेको विभाजनतर्फ संकेत गर्दै दक्षिणपन्थी धार परास्त भएको बताए । उनले कम्युनिस्ट पार्टीलाई सत्ताबाट हटाएर षड्यन्त्र भएको बताए । यसलाई प्रतिक्रान्तिको संज्ञा दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !