२४ बैशाख २०८१, सोमबार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


अध्यादेश स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण १५ मिनेटका लागि स्थगन भएको छ ।

आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गर्नुभएको थियो । एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई प्रतिनिधिसभा प्रवेशमा रोक लगाउनुपर्ने मागसहित विरोध गर्दै आएको छ ।

बैठक अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो । एमालेका सांसदको लगातारको बैठक अवरोधपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !