८ मंसिर २०८१, शनिबार

एमालेले संसद अवरुद्ध गरेपछि बैठक १५ मिनेटको लागि स्थगित


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । केही बेरअघि शुरु भएको प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो धारणा राखेपछि एमालेका सांसदले सभामुख अग्निप्रसाद सापकोटाकोबिरुद्ध नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरेका छन् ।

एमालेका सांसदहरुले संसदीय मर्यादा नाघेर नाराबाजीमा गरेपछि सभामुख सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । तर एमाले सांसदले नाराबाजी नरोकेपछि अन्तत: सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

एमालेले कारबाही गरेका सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसद उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएका थिए ।

आज बुधबार दिउसो बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने बताएका थिए । उनीहरु उपस्थित भए बैठक नै सुरु हुन नसक्ने उनले बताएका थिए । नियमावली अनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न नसक्ने उनले बताएका थिए ।

यस्तै नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउनुपर्ने बताएका थिए । नेता बस्नेतले सिंहदरवारमा दिउसो बसेको संसदीय दलको बैठकमा बोल्दै सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले विभाजनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै महाअभियोग लगाउनुपर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्

एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसद उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

ल्होत्से हलमा एमाले संसदीय दलको बैठक जारी, संसद बैठक अवरुद्ध गर्न सक्ने

सभामुख सापकोटालाई महाअभियोग लगाउनुपर्छ : महेश बस्नेत

संसद् अधिवेशनमा अवरोध गर्ने एमालेको तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !