२४ बैशाख २०८१, सोमबार

माओवादी केन्द्र विघटन गरिदिए हुन्छ : अध्यक्ष प्रचण्ड


प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद, प्रतिष्ठा र पैसाको निम्ति लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुने बताएका छन् ।

जनयुद्धमा सेनाको आक्रमणबाट मारिएका सुरेश वाग्ले (बासु) र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यसबारे गम्भीर भएर सोच्न नेता-कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।

कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी प्रतिक्रान्तिको सेवा गर्ने ठाउँमा पुग्ने हो कि भन्ने खतरा देखिएको बताए । हिजो त्यत्रा-त्यत्रा सहिदहरु, त्यत्रो बलिदान, त्यत्रो त्याग, समाज रुपान्तरण, क्रान्तिको निम्ति सम्पूर्ण समर्पण गरेर हिंड्ने पार्टी आज एमालेजस्तै हुने हो भने त यो पार्टीको औचित्य नभएको उनले बताए । बरु योभन्दा राम्रो यस्तो पार्टीलाई विघटन गरिदिए हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !