१४ बैशाख २०८१, शुक्रबार

सभामुखलाई ओलीको प्रश्न- अग्नि सापकोटा सभामुख हो कि गठबन्धनको प्यादा ?


केपी ओली र अग्नि सापकोटा

काठमाडौँ । पूर्वप्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‍ बैठकमा अग्निप्रसाद सापकोटालाई सभामुख हो कि गठबन्धनको प्यादा हो भनेर प्रश्न गर्ने बताएका छन् ।

आज सोमबार एमालेको भातृ संगठन युवा संघले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओली सभामुखप्रति खनिदै संसद् सजिलै चल्न नदिने संकेत गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘पर्सी संसद् चल्दैछ । हामीले सोध्नै पर्छ सभामुख हो कि, कार्यकर्ता हो कि, एमाले विभाजन गर्ने मोहडा हो कि के हो सोध्न पर्ने हुन्छ ।प्रमुख प्रतिपक्ष पार्टी फुटाउन सहभागी हुने सभामुखको बारेमा गम्भीर प्रश्न हामीले उठाउनै पर्ने हुन्छ । अग्नि सापकोटा सभामुख हो कि गठबन्धनको प्यादा हो सोध्नै पर्ने छ ।’

उनले सभामुखलाई प्रमुख प्रतिपक्षी फुटाउन षड्यन्त्रको हिस्सेदार र षड्यन्त्रको अङ्ग भएको आरोप पनि लगाए । ओलीले सभामुखको कुर्सीबाट प्रतिपक्षलाई लाञ्छना लगाउने काम भएको आरोप समेत लगाए ।

ओलीले भने, ‘संसद शुरू हुन्छ सभामुखको कुर्सीबाट प्रतिगमनको पराजय भयो भनिन्छ । सभामुखको कुर्सीबाट प्रमुख प्रतिपक्षलाई लान्छना लगाउन मिल्छ । नर्म्स थाहा छैन, भ्यालु थाहा छैन । यस्तो मान्छेलाई सभामुख मानेर बस्नु परेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !