२५ बैशाख २०८१, मंगलबार

ल्हारक्यालविरूद्ध ९ करोड २४ लाखको भ्रष्टाचार मुद्दा दायर


lharkyal lama

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादीका विवादास्पद सभासद् ल्हारक्याल लामाविरुद्ध अकुत सम्पत्ती आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
लामाले विभिन्न पटक सार्वजनिक पद धारण गरी ९ करोड २४ लाख बराबर सम्पत्ति गैरकानुनी रुपमा संकलन गरेको भन्दै अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो।

गुम्बा व्यवस्थापन समितिको अध्यक्ष, पूर्व अर्थ राज्यमन्त्री र एमाओवादीका सभासद् समेत रहेका लामा विभिन्न समयमा विवादमा आइरहेका छन्। लामाले सार्वजनिक पद धारण गरेदेखि २९ करोड ७९ लाख १४ हजार रुपैयाँबराबरको सम्पत्ती आर्जन गरको अख्तियारको अनुसन्धानले देखाएको छ। त्यसमध्ये लामाले दाबी गरेको स्रोत हेर्दा २० करोड ३४ लाख ४९ हजार रुपैयाँ बराबरको सम्पत्तीको मात्र स्रोत खुलेको देखिएको अख्तियारको भनाइ छ। बाँकी चलअचल सम्पत्ती सार्वजनिक पदको दुरुपयोग गरी आर्जन गरेको अख्तियारको अभियोग पत्रमा दाबी छ।

यसअघि वैदेशिक रोजगारी ठगी, दोहोरो नागरिकता र विभिन्न नाममा राहदानी लिएको विवादमा परेका लामा यस पटक भ्रष्टाचार मुद्दामा तानिएका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !