८ मंसिर २०८१, शनिबार

माधव नेपालको पार्टीमा चाँडै प्रवेश गर्ने वामदेव गौतमको खुलासा


बामदेव गौतम र ऋषि धमला

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले आफू माधव नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) मा चाँडै प्रवेश गर्ने खुलासा गरेका छन् ।

हिजो राति ७ः५० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले केपी ओलीको कारण एमाले फुटेकोले नेपालको पार्टीमा प्रवेश गर्ने घोषणा गरेका हुन् ।

धमलासँग कुराकानीको क्रममा उनले भनेका छन्,‘केपी ओलीको जालझेल, षड्यन्त्र, दम्भ र अहमताको कारणले नेकपा (एमाले) फुट्यो, अब म केपी ओलीको नेतृत्वको एमालेमा रहन सक्दिन् । उनले कम्युनिष्ट आन्दोलनलाई बचाउन सक्नुहुन्न ।’ उनले आफू माधव नेपालको पार्टीमा जाने तयारी भई सकेको र निर्वाचन आयोगले दल दर्ताको लागि सनाखत गर्नेबित्तिकै प्रवेश गर्ने पनि जनाए ।

‘माधवजीको पार्टीलाई निर्वाचन आयोगले सनाखत गरेर नयाँ दलको मान्यता दिएपछि एमाले छोडेर माधव नेपालको पार्टीमा जान्छु, म मात्रै होईन एमाले एकता अभियानमा रहेका २ हजार नेता तथा कार्यकर्ताहरु माधव नेपालको पार्टीमा प्रवेश गराउँछु । हामी सबै प्रवेश गर्छौं ।’ उनले भने ।

अस्थिर मानसिकता भएका गौतम एमालेमा आन्तरिक विवाद शुरू भएदेखि नै दोहोरो चरित्र प्रदर्शन गर्दै कहिले ओली समूहतिर लागेका थिए भने कहिले नेपाल समूहतिर लागेका थिए । एमालेमा उनलाई अडान नभएको नेताको रुपमा चित्रण गरिदै आएको छ ।

यो पनि पढ्नुहोस्

वामदेवले फेरि कुरा फेर्दै भने- म माधव नेपालको पार्टीमा प्रवेश गर्छु

म एमालेमै छु, माधव नेपालको पार्टीमा गएको भन्दै चरित्र हत्या गरियो : बामदेव गौतम

कित्ता क्लियर गर्दै बामदेवले भने- अब ओलीको पक्षमा लागेर केही गर्न सकिदैन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !