२१ बैशाख २०८१, शुक्रबार

नेपालप्रति गोकुलको कटाक्ष : परमादेश धाराबाट सरकार ढाले, अध्यादेश धाराबाट पार्टी खोले


गोकुल बास्कोटा र माधव नेपाल

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले एमालेवाट चोइटिएका माधव नेपाललाई सर्वोच्च अदालतको परमादेश धाराबाट सरकार ढालेर अध्यादेश धाराबाट पार्टी खोलेको चोटिलो व्यंग गरेका छन् ।

आज शुक्रबार बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै बाँस्कोटाले परमादेश धाराबाट सरकार ढाले होला नि त भनेको त अध्यादेश धाराबाट पार्टी खोले त्यो पनि छ होला भनियो तर हुंदै नभएको किताब धारा चाहिँ कहांबाट ल्यायो फेरि ? भनेर माधव नेपाललाई कटाक्ष गरेका छन् ।

उनले बाईस धारा न मुक्तिनाथको धारा, साइपालदेखि कन्चन्जंघासम्मको प्राकृतिक जलधारा त हुंदै होइन भन्दै पक्कै यो चाहिँ एकनाथ धारा वा एमसीसी ६०७ को ५.५ होला भनेर विश्लेषण गरेका छन् ।

उनले लेखेका छन्, ‘परमादेश धाराबाट सरकार ढाले।होला नि त भनियो।अध्यादेश धाराबाट पार्टी खोले।त्यो पनि छ होला भनियो।तर हुंदै नभएको किताब धारा चै कहांबाट ल्यायो फेरि?बाईस धारा न मुक्तीनाथको धारा।साइपालदेखी कन्चन्जंघासम्मको प्राकृतिक जलधारा त हुंदै होइन।पक्कै यो चै एकनाथ धारा वा MCC 607 को 5.5 होला।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !