४ जेष्ठ २०८१, शुक्रबार

प्रचण्डले भने- माधव नेपालको पार्टी सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार हुन्छ


प्रचण्ड फाइल फोटो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले माधव नेपालले दल दर्ताको लागि निवेदन दिएको नेकपा एमाले समाजवादीलाई सनाखत गर्नेलगत्तै मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट पारेका छन् ।

आज बिहीबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समाजवादी केन्द्र, नेपालको आयोजना गरेको ‘एक्काइसौ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक उक्त अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचन आयोगले नेपालको पार्टीलाई मान्यता दिनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भेटवार्ता भएको छ । प्रचण्डका अनुसार आजको छलफलमा सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालवीच भेटवार्ता, मन्त्रिपरिषद् बिस्तारको तयारी

अध्यादेश ल्याएपछि बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

एमाले विभाजन भएपछि ओली र नेपालले पहिलो पटक सम्बोधन गर्दै

तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीले आज एउटै मञ्चवाट सम्बोधन गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !