४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालवीच भेटवार्ता, मन्त्रिपरिषद् बिस्तारको तयारी


देउवा, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भेटवार्ता भएको छ ।

बालुवाटार स्रोतका अनुसार समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तार लगायत विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री देउवाले नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएको भोलिपल्ट मन्त्रिपरिषद् विस्तारबारे छलफल थालेका हुन् ।

सत्ता गठबन्धनका तीन शीर्ष नेतावीच सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि देशमा उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिका बारेमा गहन छलफल भएको बुझिएको छ ।

सरकार गठन भएको एक महिनाभन्दा बढी बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै आलोचना भइरहँदा देउवाले सत्ता टिकाउन अध्यादेश ल्याएर एमाले र जसपा फुटाउन नेपाल र महन्थ ठाकुरलाई सहज बनाइदिएका थिए ।

शीर्ष तीन नेताहरु मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलमा जुटेका हुन् । मन्त्रालय भागबण्डा मिले आजै मन्त्रिपरिद्ले पूर्णता पाउन सक्ने जनाइएको छ ।यद्यपि नेपालको प्रस्तावित समाजवादी पार्टीले बैधता पाउन केही दिन लाग्ने भएकाले तत्काललाई माओवादी र जसपाको उपेन्द्र यादव समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बारेमा छलफल केन्द्रित भएको बालुवाटार स्रोतले बताएको छ ।

तीन शीर्ष नेतावीच आज भएको छलफलमा नेपालको दल सरकारमा सहभागिता हुने विषयमा पनि छलफल भएको बताइएको छ । नेपाल समूहलाई सरकारमा सहभागी गराउन तथा नेकपा एमाले विभाजन गर्न सहज हुनेगरी नै यो अध्यादेश ल्याउनुको प्रमुख उद्धेश्य रहेको छ ।

यसअघि माधव नेपाललाई सरकारमा सहभागी हुन देउवा र प्रचण्डले आग्रह गर्दै आएका थिए । पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै यसको चौतर्फी विरोध भइरहेको छ ।

यो पनि पढ्नुहोस्

अध्यादेश ल्याएपछि बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

देउवाले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिटको ओइरो

अन्तत: फुट्यो जसपा पनि, दल दर्ताको लागि ठाकुरले दिए आयोगमा निवेदन

अन्तत: फुट्यो एमाले, दल दर्ताको लागि नेपालले दिए आयोगमा निवेदन

ठाकुरले दर्ता गर्ने दलको नाम ‘जसपा नेपाल (लोकतान्त्रिक)’, चुनाव चिन्ह ‘साइकल’ !

नेपालले दर्ता गर्ने दलको नाम ‘नेकपा एमाले (समाजवादी)’, चुनाव चिन्ह टुंगो लागेन !

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !