१४ बैशाख २०८१, शुक्रबार

पूर्व प्रधानन्त्री खनालले भने, ‘वैशाख ९ गते पार्टी एकता हुन्छ, कसैले रोक्न सक्दैन’


Jhalanath-Khanal

६ चैत, काठमाण्डौ । नेकपा एमालेका पूर्व प्रधानन्त्री झलनाथ खनालको आज जन्मदिन । खनाल अहिले इलाममा छन् र आजै काठमाण्डौ आउँदैछन् । जन्मदिन मनाउनका लागि पार्टीका कार्यकर्तादेखि साथीभाइले भेट्ने समय मागेपछि उनी काठमाण्डौ आउन लागेका हुन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खनालले आफूलाई शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । “काठमाण्डौ आइपुगेपछि घरमै बर्थडेको समारोह बन्छ तर मैले कसैलाई पनि निम्तो गरको छैन ।” खनालले भने ।

शुभेच्छुक तथा साथीभाइहरु आउने भएकाले केक काटिने भए पनि औपचारिक कार्यक्रम नभएकाले कसैलाई पनि नबोलाएको उनले स्पष्ट पारे ।

कुराकानीका क्रममा खनालले बैशाख नौ गने पार्टी एकता प्रक्रिया समाप्त हुने बताए । “अहिले सबै प्रक्रिया मिलाउन प्रयत्न गरिरहेका छौँ । वैशाख नौ गते पक्का पार्टी एकता घोषणा हुन्छ ।” उनले भने ।

सबै समस्याहरु समाधान हुँदै गएको दाबी गर्दै नेता खनालले पार्टी एकता कसैले पनि रोक्न नसक्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु