२१ बैशाख २०८१, शुक्रबार

अध्यादेश जारीसँगै नेपाल समूह छलफलमा


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ पार्टी गठनलगायतका विषयमा छलफलमा जुटेका छन् । सरकारले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो जारी गरेसँगै नेपाल पक्ष छलफलमा जुटेका हुन्।

स्रोतका अनुसार नयाँ बानेश्वरस्थित होटल अर्यालमा जारी छलफलपछि निर्वाचन आयोग जाने समूहको तयारी छ । यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने एक नेताले जानकारी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !