१४ बैशाख २०८१, शुक्रबार

हामी पर्सी पार्टी फुटाएर सरकारमा जान्छौं : मेटमणि चौधरी


मेटमणि चौधरी

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका नेता मेटमणि चौधरीले आफूहरु एमाले विभाजन गर्ने अन्तिम तयारीमा जुटेको स्पष्ट पारेका छन् ।

यसको लागि सरकारले आज भोलि नै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चौधरीले खुलासा गरे । सरकारले आफूहरुकै सल्लाह अनुसार अध्यादेश ल्याउन लागेको पनि उनले बताए ।

अब आउने अध्यादेशमा दल विभाजनको लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरिने उनको भनाई छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर २० प्रतिशत केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरिसकेको पनि चौधरीले जानकारी दिए । एमाले विभाजन हुँदा दोस्रो तहका नेताहरु तत्काल नआउनेपनि उनले जनाए ।

तर, पछि उनीहरु पनि आउने सहमति भएको उनको भनाई छ । सरकारले अध्यादेश ल्याए नयाँ पार्टी गठनको लागि आफूहरु तयारी अवस्थामा रहेको चौधरीको भनाई छ । यही हप्ता सोमप्रसाद पाण्डेको नेतृत्वमा आफूहरु सरकारमा सहभागी हुने पनि उनले जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !