१३ जेष्ठ २०८१, आइतबार

प्रदेश २ को प्रदेश प्रमुख राजेश झा पदमुक्त, प्रमुखमा हरिशंकर नियुक्त


काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !