![](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Hari-shankar-mishra-and-rajesh-jha.jpg?fit=1000%2C578&ssl=1)
काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।