९ जेष्ठ २०८१, बुधबार

समानान्तर नेतृत्वलाई तीब्रता दिएर ओलीसँग संघर्ष जारी राख्ने नेपाल समूहको रणनीति


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दलको नेकपा एमालेको वरिष्ठ नेता भएतापनि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई साथ दिएका माधवकुमार नेपाल समूहले एमालेमा समानान्तर नेतृत्वलाई तीब्रता दिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आन्तरिक संघर्ष जारी राख्ने रणनीति उक्त समूहले बनाएको छ ।

हिजो शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताउदै ओलीलाई अल्टिमेटमको भाषा अभिव्यक्त गरेका थिए ।

उनले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राखेका थिए । उनले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने समेत बताएका थिए । उनले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका थिए ।

निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको नेता नेपालको भनाइ थियो । उनले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गराएका थिए ।

उनले संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरुले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिनु परेको पनि दोहोर्‍याएका थिए । उनले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावबाट जोगिँदै अघि बढ्नु नै अहिलेको आवश्यक्ता भएको प्रष्ट पारेका थिए ।

हिजो शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता नेपालले अहंकार, व्यक्तिवाद र विभिन्न स्वार्थ हावी भएकाले पार्टीभित्र समस्या आइपरेको बताएका थिए ।

उनले अन्तिम समयसम्म पनि आफु एकताको पक्षमा लागेको र त्यो सफल नहुने भएपछि असहज बाटो रोज्नुपर्ने अवस्थामा पुगेको पनि बताए । नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताएका थिए । उनले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !