९ जेष्ठ २०८१, बुधबार

ओलीलाई नेपालको चेतावनी : वामदेव गौतमजस्तो अपमान सहेर पार्टीमा बस्न सकिदैन


केपी शर्मा ओली र माधव नेपाल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलको नेकपा एमालेको वरिष्ठ नेता भएतापनि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई साथ दिएका माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर आफू नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका हुन् ।

हिजो शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका हुन् ।

उनले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावबाट जोगिँदै अघि बढ्नु नै अहिलेको आवश्यक्ता भएको प्रष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता नेपालले अहंकार, व्यक्तिवाद र विभिन्न स्वार्थ हावी भएकाले पार्टीभित्र समस्या आइपरेको बताए ।

उनले अपमान सहेर पार्टी एकता गर्न नसकिने पनि बताए । उनले वामदेव जस्तो अपमानित भएर त्यसपछि भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुने ? न रुन सकिने न हाँस्न सकिने ? भन्दै त्यो अवस्थामा कोही पनि नपरून् भन्ने आफ्नो धारणा भएको उनले बताएका थिए ।

उनले अन्तिम समयसम्म पनि आफु एकताको पक्षमा लागेको र त्यो सफल नहुने भएपछि असहज बाटो रोज्नुपर्ने अवस्थामा पुगेको पनि बताए । नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताएका थिए । उनले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु