१४ बैशाख २०८१, शुक्रबार

कुलमान बुढो भएपछि सरकारले के गर्छ ? : सांसद महत


गजेन्द्रबहादुर महत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले कुलमान घिसिङ बूढो भएपछि यो सरकारले के गर्छ भन्दै प्रश्न गरेका छन् ।

आज बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महतले बिद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् ।

उनले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै कटाक्ष गरेका छन् । उनले कुलमानको आवश्यकता विद्यूत् प्राधिकरणबाहेक अन्य क्षेत्रमा किन नलगेको भन्दै प्रश्न गरेका थिए । उनले कुलमान बूढो भएपछि यो सरकारले के गर्ने भन्दै प्रश्नसमेत गरेका थिए ।

उनले प्रश्न गरे, ‘अघिल्लो सरकारले हनुमानबाहेक नियुक्ति गरेन अहिलेको सरकारले कुलमान बाहेक देखेन, किन ? यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोजेको हैन ।’

उनले थप्दै भने, ‘हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य अध्ययन प्रतिष्ठान धुजा धुजा पारिसक्यो । त्यहाँ ५ महिनादेखि हाजिर नभएका कर्मचारीहरुले तलब खाइरहेका छन् । यसको मतलब कुलमानले प्राधिकरणलाई फाइदा नै पुर्याइरहेका छन् ।’

उनले भने, ‘तर कुलमान बाहेक अरु मान्छे नै छैन् त ? कुलमान बुढो भएपछि सरकारले के गर्छ ? कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ त ? बिद्युत प्राधिकरण मात्रै छ ? कुलमान मात्रै छ ? नेपाल एयरलाइन्स छैन, अरु संस्थान डुबेका छैनन् ? खाली किन कुलमान मात्रै ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !