२१ बैशाख २०८१, शुक्रबार

संसदमा ओलीले भने- असाधारण जनमतबाट फेरि प्रधानमन्त्री हुन्छु


आजको प्रतिनिधिसभाको विशेष बैठक

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण जनमतबाट फेरि प्रधानमन्त्री हुने संकेत गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै ओलीले ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले आफू पुन: सिंहदरवारको मूल ढोकाबाट र असाधारण जनमतबाटै आउने प्रधानमन्त्री हुने उदघोष गरेका हुन् ।

उनले भने, ‘हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछ ।’ उनले आफू काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको भन्दै फेरि पनि त्यसै गरी प्रधानमन्त्री हुने बताएका हुन् ।

उनले देश र जनताको सेवाका निम्ति जन्मिएको भन्दै आफू प्रधानमन्त्री हुन नजन्मिएको तर काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए । ​ओलीले सरकार परिवर्तन भएपछि दसैँ आए जसरी उफ्रिएको टिप्पणी पनि गरेका छन् ।

ओलीले अहिलेको सरकारले एक महिनासम्म केही काम नगरेको आरोप लगाएका छन् । आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका सत्तारुढ दलका नेताहरु धन्यवाद र बधाई खाँदैमा गएको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले आफैले दोश्रो पटक विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अध्यक्ष ओली संसदमा पहिलो पटक बोलेका हुन् । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा ओलीले सम्बोधन गरेका हुन् ।

यो पनि पढ्नुहोस्

ओलीको देउवालाई व्यङ्ग्य : एक महिना केटाकेटीलाई दशैं आए जसरी आँगनमा नाच्दै ठिक भयो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !