२१ बैशाख २०८१, शुक्रबार

ओलीको देउवालाई व्यङ्ग्य : एक महिना केटाकेटीलाई दशैं आए जसरी आँगनमा नाच्दै ठिक भयो


प्रधानमन्त्री ओलीले संसद फाइल फोटो

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले एक महिनासम्म केही काम नगरेको आरोप लगाएका छन् । आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका सत्तारुढ दलका नेताहरु धन्यवाद र बधाई खाँदैमा गएको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले भने, ‘सत्ता पक्षका मित्रहरु असाध्यै हैसिनुभएको छ । दशैं आए जसरी केटाकेटी आगजनमा नाचे जस्तै नाच्दै ठिक भएको छ ।’ तर सरकारले एक महिनामा सुकुम्वासी आयोग खारेज जस्तो काम गरेर गरिवको घाँटी निमोठेको भन्दै सरकारमाथि व्यङ्ग्य समेत गरेका थिए ।

अध्यक्ष ओलीले आफैले दोश्रो पटक विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अध्यक्ष ओली संसदमा पहिलो पटक बोलेका हुन् । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा ओलीले सम्बोधन गरेका हुन् ।

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा प्रमुख प्रतिपक्ष दल एमालेबाट प्रवक्ता प्रदीप ज्ञवालीले संसदमा सम्वोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !