५ जेष्ठ २०८१, शनिबार

एमाले बैठकमा ओलीसँग सन्किएर वामदेव लागे घर


केपी शर्मा ओली र वामदेव गौतम

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत भएका उपाध्यक्ष बामदेव गौतम पार्टी अपराह्न बसेको केन्द्रीय समिति बैठकमा सहभागी नै नभई घरतिर लागेका छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेको विधान पारित गर्न आज सोमबार बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले केन्द्रीय कमिटी बैठक भने बहिस्कार गरेका हुन् ।

एमालेको केन्द्रीय कमिटी बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा जारी रहेको छ । स्थायी कमिटी बैठकमा गौतमले अध्यक्ष अ‍ोलीको सक्दो आलोचना गरेका थिए । उनले अध्यक्ष ओलीसँग केहीबेर भनाभन भएको स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !