४ जेष्ठ २०८१, शुक्रबार

मन्त्री छान्न प्रचण्डले बोलाए स्थायी कमिटी बैठक


माओवादी केन्द्र

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे बस्ने बैठकमा मन्त्री छान्नेबारे निर्णय लिईने नेताहरुले जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नको लागि ढिलाई भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नाम मागेपछि आज दाहालले स्थायी कमिटी बैठक राखेका हुन् ।

त्यस्तै, आजमात्रै सत्ता गठबन्धनको कार्यदलले सरकारको लागि तयार पारेको साझा न्यूनतम कार्यक्रमको बारेमा पनि छलफल गरिने ती नेताले जनाए । माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेर को जाने भन्ने विवाद छ । अहिले पार्टीबाट सरकारमा नेतृत्व गरेर जानुपर्ने भन्दै नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराले दाबी गरेको समाचार छन् ।

स्रोतका अनुसार माओबादीवाट कृष्णबहादुर महरा, देव गुरुङ, सुदन किराँती, देवेन्द्र पौडेललगायत नेताहरु मन्त्री बन्ने पक्का भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !