१८ बैशाख २०८१, मंगलबार

रामकुमारी झाँक्री भन्छिन्, “ओली सरकारको जनविरोधी काम खारेज गर्नुपर्छ”


रामकुमारी झाक्री File Photo

काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्नु पर्ने बताएकी छन् ।

झाँक्रीले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर नपुग्ने बताएकी छन्। उनले अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताएकी हुन् ।

बैठकमा बोल्दै झाँक्रीले भनिन्, “झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्ग बिक्री गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णय खारेज गर्नुपर्छ भनेर झापाको एउटा प्रतिनिधिमण्डल आएको थियो, यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !