एमाले स्थायी कमिटी बैठक आज बस्दै Nepalpatra एमाले स्थायी कमिटी बैठक आज बस्दै
३ आश्विन २०७८, आइतबार

एमाले स्थायी कमिटी बैठक आज बस्दै


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ ।

एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
ताजा