२० बैशाख २०८१, बिहिबार

आज मन्त्रिपरिषद् बिस्तार हुँदै


कुन पार्टीहरुले कुन-कुन मन्त्रालय पाए ?

२ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार मधेसवादी दल संघीय समाजवादी फोरम नेपाललाई समेत समेटेर सरकार विस्तारको तयारीमा लागेका हुन् ।

त्यस्तैगरी आज बेलुकी नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम हुने एमाले स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

शुक्रबार हुने मन्त्रीपरिषद् विस्तारमा एमालेवाट प्रदीप ज्ञवाली, योगेश भट्टराई, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, रघुवीर महासेठ, लीला श्रेष्ठ, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, नारदमुनि रानाको नाम चर्चामा छ ।

यसैगरी माओवादी केन्द्रवाट वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, बिना मगरको सम्भावना छ ।

संघीय समाजवादी फोरमवाट शुक्रबार नै सरकारमा सहभागीता हुने भनिएपनि नाम भने टुंगो लाग्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !