२४ बैशाख २०८१, सोमबार

उपसभामुखको निर्वाचन आज


puspa-tumbahamfe

२ चैत, काठमाण्डौ । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार निर्वाचन हुँदै छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधीसभाकाे बैठकमा उपसभामुखको निर्वाचन हुने संसद सचिवालयको प्रवत्ता भरतराज गौतमले जानकारी दिए ।

वामगठबन्धनका तर्फवाट नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भूसालवीच प्रतिस्पर्धा हुने भएको छ । दुवैले बिहीबार उम्मेदवारी दर्ता गराएका थिए ।

वामगठबन्धनका तर्फवाट उम्मेदवार बनेकी तुम्बाहाम्फेको प्रस्तावक माओवादी केन्द्रका सांसद देव गुरुङ र समर्थकमा एमालेका सांसद रविन्द्र अधिकारी छन् ।

यस्तै, कांग्रेसको तर्फवाट उम्मेदवार बनेकी भुषालको प्रस्तावकमा कांग्रेसकी सांसद डिला संग्रौला र समर्थकमा कांग्रेसकै सांसद देवेन्द्रराज कँडेल छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !