१२ जेष्ठ २०८१, शनिबार

माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । स्रोतका अनुसार बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसेको यो समूहको बैठकलाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर एमालेको एकता प्रक्रिया चलिरहेकाले यो समूह सरकारमा सहभागी भएको छैन ।

नेपाल समूहको पर्खाइमा देउवाले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिएका छैनन् । तर एकता प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन । कार्यदलमा रहेका नेताहरुले एकताको दश बुँदे सहमति जुटाए पनि कार्यान्वयन हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !