देउवालाई महेशको चेतावनी: एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौं Nepalpatra देउवालाई महेशको चेतावनी: एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौं
३ आश्विन २०७८, आइतबार

देउवालाई महेशको चेतावनी: एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौं


महेश बस्नेत फाइल फोटो

काठमाडौं । नेकपा एमाले ओली समूहका नेता महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका हुन् ।

नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए । ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ उनले भने ।

नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरे । हालको सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि बस्नेतले दावी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
ताजा