१२ बैशाख २०८१, बुधबार

आफू भविष्यमा नेपालको राष्ट्रपति बन्न सक्ने सरिता गिरीको संकेत


सरिता गिरी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी तत्कालिन समाजवादी पार्टीकी पूर्वसांसद सरिता गिरीले आफू भविष्यमा नेपालको राष्ट्रपति बन्न सक्ने संकेत गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा केही समयअघि एउटा स्टाट्स लेख्दै उनले पूर्व राष्ट्रपति स्व. ज्याक सिराकसँगको प्रसंग जोड्दै आफू भविष्यमा नेपालको राष्ट्रपति बन्ने सपना देखेकी हुन् ।

गिरीले आजै फेसबुकमा एउटा स्टाटस लेख्दै अब आउने स्थानीय तहको निर्वाचनमा आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने घोषणा गरेकी छन् ।

उनले फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराक पहिला राजधानी पेरिसकाे मेयर भएको र पछि उनी फ्रान्सकाे राष्ट्रपति भएकोले आफू पनि सिरहाको लहान नगरपालिकाको मेयर भएर राष्ट्रपति बन्ने प्रसंग आफूसंग जोडेकी हुन् l

उनले सिराककाे विकास मोडेलबाट प्रभावित भई जनताले उनलाई राष्ट्रपति हुन मत दिएको बताएकी छन् । उनले लहान नगरपालिकाका मेयर मुनी साहको अधिनायकवादी चरित्रबाट जनता पीडित रहेको भन्दै अब ६ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्ने प्रण समेत व्यक्त गरेकी छन् ।

उनले आन्दोलनवाट शुरु गरेको राजनीतिमा आफूले धेरै कुरा जानी बुझी सकेकाेले अब स्थानीय सरकार बुझ्नु र तलबाट सुधारकाे प्रक्रिया आफूले शुरु गर्ने उद्घोष गरेकी हुन् ।

तत्कालीन समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी गिरीलाई नेपालको नयाँ नक्शालाई निशान छापमा समावेश गर्ने गरि गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्दा पार्टीको ह्विप नमानेको भन्दै समाजवादीले उनलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसद पदबाट निष्कासित भएको संसद सचिवालयले जनाएको थियो । उनले नेपालको संसदमा धेरैजसो भारतको पक्षमा टिप्पणी गर्ने गर्थिन् भने चीनको बिरोध गर्ने गर्थिन् ।

गिरीले आज मात्र आफ्नो फेसबुक आइडीमा बेलुकी ७ बजेसम्म १० वटा स्टाट्स लेखेकी छन् ।

उनले लेखेकी छन्, ‘फ्रांस का राष्ट्रपति ज्याक चिराक पहिला राजधानी पेरिसकाे मेयर थिए l पछि उनी फ्रांस काे राष्ट्रपति भए l उनकाे विकास माडल बाट प्रभावित भइ जनता ले उनलाइ राष्ट्रपति हुन मत दिए l आंदाेलन बाट शुरु गरे काे राजनीति मा मैले माथि काे धेरै कुरा जानी बुझी सके काे छु, अब स्थानीय सरकार बुझनु छ र तल बाट सुधार काे प्रकि्या शुरु गर्नु छ l’

यो पनि पढ्नुहोस्

सरिता गिरी मेयर पदका लागि चुनाव लड्ने घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !