४ बैशाख २०८१, मंगलबार

सरिता गिरी मेयर पदका लागि चुनाव लड्ने घोषणा


सरिता गिरी फाइल फोटो

जनकपुरधाम । सांसदवाट पदमुक्त भएकी सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताएकी हुन् ।

तत्कालीन समाजवादी पार्टीबाट समानुपातिक सांसद रहेकी गिरीलाई नयाँ नक्सालाई निशान छापमा समावेश गर्ने गरी गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्ने क्रममा पार्टीको ह्वीप मानेकी थिइनन् । ह्वीप नमानेपछि पार्टीको निर्णय अनुसार २५ असार २०७७ मा संघीय संसद सचिवालयले उनलाई प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको थियो । गिरीलाई पार्टीको सदस्यबाट समेत हटाइएको थियो ।

उनले सामाजिक संजालमा लेखेकी छन्, “म लहान नगरपालिका काे मेयर पद का लागि चुनाव लडने घाेषणा गर्दछु l लहान नगरपालिका काे जनता मेयर मुनी साह बाट पीडित छन l उनकाे अधिनायकवाद लाइ जनता ले परास्त गर्ने छl अब 5 वर्ष स्थानीय स्तर मा रही जनता काे सेवा गर्ने छु l म सबै संग आजकाे दिन देखि सहयाेग र सम्पर्क का लागि हार्दिक अपील गर्दछु l स्थानीय स्तर मा लाेकतंत्र , समय सुहांउदाे विकास नीति र पारदर्शिता नभयी सबै काे विकास हुन सक्दैन l”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !