१४ बैशाख २०८१, शुक्रबार

आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा ह्वीप जारी


आजको प्रतिनिधिसभाको विशेष बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज आइतबारको लागि बोलाइएको प्रतिनिधिसभाका बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभालाई दोस्रो पटक पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने लाग्दा सत्तारुढ कांग्रेसका ६१ जना, माओवादी केन्द्रका ४९ जना, जसपाको उपेन्द्र यादव पक्षमा १७ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद गरी १२८ जना संसद देउवाको पक्षमा प्रष्ट रुपमा देखिएका छन् ।

देउवालाई विश्वासको मतको लागि चाहिने १३६ जनामा अव ८ जना संसदको आवश्यकता छ । संसदवाट विश्वासको मत पुन देउवाले जसपाको महन्थ ठाकुर पक्षका संसद र एमालेको माधव नेपाल समूहका संसदले भोट दिनुपर्ने देखिन्छ ।

एमालेको नेपाल समुहका केही संसदले खुलेर देउवालाई विश्वासको मत दिने स्पष्ट परिसकेका छन् भने अनैपचारिक रुपमा नेपाल समुहले समर्थन गर्ने प्रवल सम्भावना रहेको छ । माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री देउवालाई विश्‍वासको मत दिने निर्णय गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !