१४ बैशाख २०८१, शुक्रबार

ओलीले बोलाएको एमाले स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै


प्रधानमन्त्री केपी ओली

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दल र स्थायी कमिटीको बैठक आज शुृक्रबार बस्दै छ ।

आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी समिति बैठक बस्‍दैछ । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठक बोलाएका हुन् ।

ओली सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी समिति बैठक बस्न लागेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ ।

थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय साँघुरो भएकाले च्यासलमा बैठक बोलाइएको एमाले स्रोतले बताएको छ । यसअघि एमालेको कार्यदलले गरेको १० बुँदे सम्झौता अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेताहरूको सल्लाहमा स्थगित भएको थियो ।

एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका-संसद् कक्षमा संसदीय दलको बैठक बस्न लागेको हो ।आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो । एमालेमा अध्यक्ष ओली र वरिष्ठ नेता कुमार नेपालबीच असमझदारी तीब्र रुपमा बढिरहेको बेला एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्न लाग्नुलाई विशेष चासोका साथ हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !