२० बैशाख २०८१, बिहिबार

दुई आयोगको म्याद थप्ने मन्त्रिपरिषद् बैठकको निर्णय


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौँ । सरकारले आज म्याद सकिँदै गरेका द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गर्ने निर्णय गरेको छ । आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो ।

यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि १ वर्ष थप गरेको छ । पछिल्लो पटक १७ महिनाअघि आयोग गठन भएको थियो । सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आज बिहीबार दिउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन परमादेश जारी गरेकोले सोहीअनुसार सरकारले साउन ३ गते संसदका दुबै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !