१९ बैशाख २०८१, बुधबार

एमाले संसदीय दलको बैठक भोलि शुक्रबार बस्ने


एमाले पार्टी

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक भोलि शुृक्रबार बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका-संसद् कक्षमा बैठक बस्न थालेको हो ।

आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !