२५ बैशाख २०८१, मंगलबार

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन : प्रधानमन्त्री ओली


Kp oli

३० फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।

बालुवाटारमा आयोजित प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरुको सम्मानमा कार्यक्रम्मलई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पारे ।

‘संविधान समयको माग अनुसार संसोधन हुन्छ’, प्रधानमन्त्री ओलीले भने ‘तर देशलाई नोक्सानी हुने गरी,अखण्डतामा असर पर्नेगरी संसोधन हुदैन । देशलाई थप मजवुद तर एकताबद्ध पार्नका लागि संशोधन हुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागि पर्ने पनि बताए । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाविरुद्ध जागरण अभियान चलाइन्छ’ उनले भने ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’

प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिए । जनताको मतले सांसद भएको भन्दै उनले सांसदका हरेक गतिविधि जनताको हितका निम्ति हुनु पर्ने बताए । ‘जनताले जे कुरा मन पराउछन्, त्यो गर्नुहोस । जे मन पराउँदैनन् त्यो गर्दै नगर्नुस्’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !