२४ बैशाख २०८१, सोमबार

मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


माओवादी केन्द्र स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको छ । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली काँग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाको सरकारमा माओवादी केन्द्रवाट सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको हो ।

सर्वोच्चले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बदलिएको राजनीतिक परिदृश्यबारे छलफल गर्न बिहान ९ बजे बोलाइएको बैठक स्थायी कमिटीको बैठक जारी रहेको हो ।

कांग्रेस सभापति देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रका सबै सांसदहरूले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

हिजो सोमबार सर्वोच्चले आज मंगलबार अपरान्ह ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई आज मंगलबार प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन् ।

अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हिजो सोमबार परमादेश दिएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति र शपथबारे देउवालाई जानकारी गराएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !