२० बैशाख २०८१, बिहिबार

माधव नेपाल विपक्षी गठबन्धनबाट अलग हुने, पार्टी एकताको लागि लाग्ने


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने भएका छन् । आज सोमबार साँझ कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका नेता नेपालले अव उपरान्त आफू गठबन्धनमा नरहने जानकारी गराएका हुन् ।

बैठकमा सहभागी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अन्य नेताहरुलाई नेपालले सो जानकारी गराएका हुन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने फैसला सुनाएपछि बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले आफ्नो पार्टीको परिस्थिति भिन्न रहेकोले त्यसलाई बुझिदिन समेत आग्रह समेत गरेका छन् ।

नेता नेपालले पार्टी एकताको लागि गठित १० सदस्य रहेको एमाले कार्यदलले पार्टीको आन्तरिक विवाद समाधान गरी सहमति गरेकोले नेता नेपाललाई विपक्षी गठबन्धनबाट अलग हुनै पर्ने नैतिक दवाव सिर्जना भएको हो ।

बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि आफ्नो समूह विपक्षी गठबन्धन सामेल भएर प्रतिनिधिसभा पुनर्स्थापना भएपछि सो अध्याय सकिएकोले आफू विपक्षी गठबन्धनवाट अलग हुन लागेको नेता नेपालले बैठकमा संकेत गरेका थिए ।

विपक्षी गठबन्धनको आजको बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधै सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न सक्षम सरकार बनाउन देउवालाई शुभकामना समेत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !